Aadarsh-Daily

वीरगञ्जमा आक्रमण : प्रहरी जवान विकास चौरसियाको मृत्यु, ४ जना पक्राउ

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ। पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया मृत भेटिएका हुन्।

content ad p2

सप्तरी दरबन्दीमा कार्यरत नेपाल प्रहरी का जवान चौरसिया हाल बिदामा घर आएका थिए। पर्सा प्रहरीका अनुसार केही युवकहरूको समूहले उनलाई लक्षित गरी धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए।

content left

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरसियालाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार रौतहट घर भएका एक परिवारले भाडामा लिएको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा कुटपिटबाट चौरसियाको मृत्यु भएको हो।

घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेका छन्।

मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ भने घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily