Aadarsh-Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ गते, संसदीय दलको नेता चयनबारे छलफल हुने

ad-4p
content left
content ad p2

काठमाडौं । नेपाली कांग्रेस ले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो।

वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक आह्वान गरिएको पार्टी स्रोतले जनाएको छ। उक्त बैठकमा दलको नेता चयन प्रक्रिया, सम्भावित उम्मेदवार तथा आन्तरिक सहमतिबारे छलफल हुने बताइएको छ।

संसदीय दलको नेतामा अर्जुन सिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरीलगायत नेताहरू आकांक्षी रहेका छन्। साथै, नयाँ पुस्ताबाट नेतृत्व आउनुपर्ने आवाज उठाउँदै निस्कल राईको नाम पनि चर्चामा रहेको छ।

पार्टीभित्र शीर्ष नेताहरूले सकेसम्म सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने गरी छलफल अघि बढाइरहेको जनाइएको छ।

बैठकमा संसदीय दलको नेता चयनसँगै क्रियाशील सदस्यता अद्यावधिक, संगठन सुदृढीकरण तथा एक महिने ‘जरामा जाऔँ अभियान’ सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

नयाँ वर्षको पहिलो दिनदेखि देशभर क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने र कार्यकर्तालाई खटाएर संगठनलाई तल्लो तहसम्म सशक्त बनाउने तयारी रहेको कांग्रेसले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily