Aadarsh-Daily

हर्मुज तनावले तेल मूल्य उकालो, १०० डलर नाघ्दा विश्व बजारमा असर

ad-4p

वीरगंज, २९ चैत –

content ad p2

विश्व बजारमा कच्चा तेलको मूल्य पुनः १०० डलर प्रति ब्यारेल नाघेको छ। हर्मुज जलमार्गमा नाकाबन्दीको घोषणा भएपछि तेलको मूल्यमा तीव्र वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

content left

कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य १०४ डलरसम्म उक्लिएको बताइएको छ। यसको प्रभाव विश्व शेयर बजारमा समेत नकारात्मक रूपमा परेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्वतन्त्र रूपमा तेल बिक्री गर्न नदिने चेतावनी दिएसँगै खाडी क्षेत्रमा तनाव चुलिएको छ। हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिन्छ, जहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुने गर्छ।

यसैबीच इरानी सेनाले जलमार्गमा आउने सैन्य जहाजमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ, जसले मध्यपूर्वमा सम्भावित द्वन्द्वको जोखिम बढाएको छ।

विश्लेषकहरूका अनुसार तेल मूल्यमा निरन्तर वृद्धि भए पेट्रोलियम पदार्थ महँगिने मात्र होइन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने सम्भावना उच्च रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily