Aadarsh-Daily

भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार अनिवार्य

ad-4p

सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ ल्याइने सामानमा सरकारले नयाँ भन्सार नियम कडाइका साथ लागू गरेको छ। अब एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरी कर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

content ad p2
content left

भन्सार विभागका अनुसार यात्रु सुविधासम्बन्धी नियम परिष्कृत गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले माइकिङमार्फत जानकारी दिँदै नियम पालना गर्न सर्वसाधारणलाई सचेत गराइरहेका छन्।

विभागले यो कदमले सीमावर्ती नेपाली बजारलाई संरक्षण गर्ने र अनियन्त्रित किनमेल प्रवृत्ति नियन्त्रण हुने अपेक्षा गरेको छ। विराटनगरसहितका भन्सार नाकामा समेत कडाइका साथ कार्यान्वयन सुरु गरिएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily