Aadarsh-Daily

पर्सामा नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा एकैसाथ, समय बचत

ad-4p

जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता वितरणसँगै राष्ट्रिय परिचयपत्रको विवरण संकलन पनि एकैसाथ गर्ने व्यवस्था लागू गरेको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले दुवै सेवा करिब एक घण्टाभित्र प्राप्त गर्न थालेका छन्।

content ad p2
content left

यसअघि छुट्टाछुट्टै कार्यालय धाउनुपर्ने झन्झट अब हटेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सेवा प्रवाहलाई छिटो, सहज र डिजिटल प्रणालीमैत्री बनाउन यो व्यवस्था लागू गरिएको हो।

नयाँ व्यवस्थाले सरकारी सेवा लिन लाग्ने समय र खर्च दुवै घटाएको सेवाग्राहीहरूले प्रतिक्रिया दिएका छन्। प्रशासनले यसलाई सेवा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily