Aadarsh-Daily

प्रधानमन्त्री कप उपाधि त्रिभुवन आर्मीलाई, सुदूरपश्चिम ५ विकेटले पराजित

ad-4p

सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। आर्मी अपराजित रहँदै च्याम्पियन बनेको हो।

content ad p2
content left

वीरगञ्जमा भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य ३४ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका इमरान शेखले अविजित ४६ र बसिर अहमदले ४५ रनको योगदान दिए। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। टोलीका अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने आर्मीका आकाश चन्द र शाहब आलमले ३–३ विकेट लिए।

यो जितसँगै आर्मीले प्रतियोगिताको आफ्नो तेस्रो उपाधि हात पारेको छ। सुदूरपश्चिम भने पहिलो पटक फाइनलमा पुगेको टोली हो। प्रतियोगितामा १० टोली सहभागी थिए। शीर्ष ६ मा पर्ने आर्मी, सुदूरपश्चिम, एपीएफ, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब जय ट्रफीका लागि छनोट भएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily