Aadarsh-Daily

१२ संसदीय समितिका सभापतिले शपथ लिए

ad-4p

प्रतिनिधिसभाअन्तर्गतका १२ वटा विषयगत तथा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँहरूलाई शपथ गराउनुभएको हो।

content ad p2
content left

रास्वपाका हरि ढकाल (राज्य व्यवस्था), समीक्षा बास्कोटा (कानून), अशोककुमार चौधरी (कृषि), आशिष गजुरेल (पूर्वाधार) र आकृति अवस्थी (महिला) सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी बोधनारायण श्रेष्ठ (सुनुवाइ), रहबर अन्सारी (उद्योग), सुम्निमा उदास (अन्तर्राष्ट्रिय सम्बन्ध) र कृष्णहरि बुढाथोकी (अर्थ) पनि चयन भएका छन्।

सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् भने गणेश कार्की र ओजस्वी शेरचन अन्य दुई समितिको नेतृत्वमा पुगेका छन्।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily