Aadarsh-Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

ad-4p

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पदबाट राजीनामा दिएका छन्। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने उद्देश्यले अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन्।

content ad p2

उपकुलपति नेपालले शुक्रबार राजीनामा दिएको जानकारी दिँदै २२ गतेदेखि लागू हुने गरी निर्णय गरिएको बताए। “हिजो राजीनामा दिएको छु। २२ गतेबाट लागू हुनेगरी दिएको हो। बीचमा दुई दिन बिदा परेको छ। २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुन्छ,” उनले भने।

content left

नेपाललाई २०८१ पुस ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका थिए।

यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले पनि राजीनामा दिएका थिए। १७ वैशाखमा त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पद त्याग गरेका हुन्।

राजनीतिक पृष्ठभूमिमा, राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेको थियो। तर सरकारले अध्यादेश नै ल्याउने तयारी गरेपछि पदाधिकारीहरूले क्रमिक रूपमा राजीनामा दिन थालेका हुन्।

सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन्।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily