Aadarsh-Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

ad-4p
content left

वीरगञ्ज । आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो । बालिका एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिका आफ्नै बाबुबाट बलात्कृत भएको खुलेपछि ४९ वर्षीय किशोरीका बाबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपी किशोरीका बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । पक्राउ परेका बाबुले आफ्नै छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको छ । पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार भइरहेको जानकारी पाए पनि श्रीमानले मार्ने धम्की दिएपछि घटनाबारे भन्न सकेको बताइएको छ । आर्थिक विपन्नताका कारण किशोरीकी आमाले दैनिक कमाउन जानु पर्ने र घरमा बाबुले दैनिक जाँड रक्सी खाएर आफू र छोराछोरीलाई कुटपिट गर्दै आएको आमाको बयान छ । बालिकालाई दैलेखस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आफ्नै बाबुको बलात्कारको सिकार बनेकी किशोरीले बाबुको डरले घटनाबारे कतै भन्ने नसकेको बताएकी छिन् । गत साउन महिनादेखि नै छोरी बलात्कारमा परेको बालिकाकी आमाको बयान छ । ‘म महिनावारी भएको बेला छाउगोठमा सुतेको थिएँ । छोरीहरू बाबुसँग सुतेका थिए त्यहीबाट बाबुको कुकृत्य सुरु भएछ’ किशोरीकी आमाको बयान छ । १२ वर्षीय छोरीमाथि आफ्नै बाबुले त्यस्तो गर्लान् भन्ने कल्पना पनि नगरेको उनले बताइन् ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily