Aadarsh-Daily

सखुवाप्रसौनीमा शैक्षिक सुधार अभियान तीव्र, २५ शिक्षक सरुवा र दरबन्दी मिलान

ad-4p

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरू भएसँगै सखुवाप्रसौनी गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण कदम चालेको छ । गाउँपालिका शिक्षा समितिले पालिकाभित्रका विभिन्न विद्यालयमा कार्यरत करिब २५ जना शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरेको छ ।

content ad p2

गाउँपालिकाले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त निर्णय गरिएको जनाएको छ । शिक्षा शाखाका अनुसार विद्यालयको आवश्यकता, शिक्षकको शैक्षिक योग्यता तथा अनुभवका आधारमा जिम्मेवारी हेरफेर गरिएको हो ।

लामो समयदेखि एउटै विद्यालयमा कार्यरत केही शिक्षकलाई नयाँ विद्यालयमा पठाइएको छ भने योग्यताका आधारमा केही शिक्षकलाई उच्च तहमा अध्यापन गराउने अवसर प्रदान गरिएको छ । विशेषगरी प्राथमिक तहमा कार्यरत भए पनि माध्यमिक तहसम्म अध्यापन गर्न सक्ने क्षमता भएका शिक्षकलाई माथिल्लो तहमा व्यवस्थापन गरिएको शिक्षा शाखाले जनाएको छ ।

content left

शिक्षा शाखा प्रमुखका अनुसार यस व्यवस्थापनले शिक्षकको क्षमता उपयोग प्रभावकारी हुने तथा विद्यार्थीले दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा पाउने अपेक्षा गरिएको छ । साथै, केही विद्यालयमा स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारीसमेत दिइएको छ ।

स्थानीय अभिभावकहरूले लामो समयदेखि एउटै विद्यालयमा एउटै शिक्षक रहँदा शैक्षिक वातावरणमा नवीनता नआएको तथा शिक्षाको गुणस्तरमा असर परेको गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै विद्यालयमा नयाँ ऊर्जा र सुधार ल्याउने उद्देश्यले सरुवा तथा दरबन्दी मिलान गरिएको गाउँपालिकाले जनाएको छ ।

सखुवाप्रसौनी गाउँपालिकामा छ वटा वडा रहेका छन् । पालिकाभित्र हाल २९ वटा विद्यालय सञ्चालनमा छन्, जसमा पाँच वटा माध्यमिक, चार वटा निम्न माध्यमिक र २० वटा प्राथमिक विद्यालय रहेका छन् ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवले गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै शैक्षिक सुधारका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा निरन्तर सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।

नयाँ सरुवा तथा दरबन्दी मिलानलाई शैक्षिक सुधारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ । यसबाट आगामी दिनमा विद्यालयहरूको शिक्षण वातावरण तथा शैक्षिक उपलब्धिमा सुधार आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily