Aadarsh-Daily

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

ad-4p
content left
content ad p2

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो भएको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले हालको मूल्यवृद्धिले निर्माण क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरे ।

उनका अनुसार निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेटमा ठूलो दबाब परेको छ । करिब २० दिन अघिसम्मको तथ्यांकअनुसार मन्त्रालयको बजेट सीमाभन्दा झन्डै ३७ अर्ब रुपैयाँले घाटामा पुगेको उनले जानकारी दिए । विशेषगरी डिजेलको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई सबैभन्दा बढी प्रभावित पारेको उनको भनाइ छ ।

बैठकमा मन्त्री लम्सालले पुराना आयोजनाहरूमा ‘इन्डेक्स फ्रिज’ का कारण मूल्य समायोजन रोकिएको र एक वर्षे आयोजनाहरूमा कानुनी जटिलता रहेको बताए । नेपाल राष्ट्र बैंक को हालको मूल्य सूचकांकले मात्रै अहिलेको चरम मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने स्वीकार गर्दै उनले सबै पक्षलाई न्याय हुनेगरी समाधानको तयारी भइरहेको बताए ।

राज्यले निर्णय गर्दा विभेद हुन नहुने भन्दै उनले सबै प्रकारका कन्ट्र्याक्ट डकुमेन्ट र तथ्यांकहरूको अध्ययन भइरहेको जानकारी दिए । कतिपय समस्या समाधानका लागि ऐन संशोधन आवश्यक देखिएकाले निर्णय प्रक्रियामा ढिलाइ भएको पनि उनले स्पष्ट पारे ।

मन्त्री लम्सालले अहिलेको मूल्यवृद्धि सामान्य नभई ठूलो संकट भएको उल्लेख गर्दै सानो अर्थतन्त्र भएको नेपालमा यसको असर झनै गम्भीर हुने बताए । बहुवर्षीय आयोजनामा मूल्य समायोजन सहज भए पनि पुराना र ‘इन्डेक्स फ्रिज’ भएका आयोजनाहरूमा काम अघि बढाउन कठिन भएको उनले बताए ।

त्यस्तै, एक वर्षे आयोजनाहरूमा पनि कानुनी व्यवस्था भए पनि सबैमा समान रूपमा लागू गर्न चुनौती रहेको उनले स्वीकार गरे । सबै प्रकारका आयोजना, निर्माण व्यवसायी र स्थानीय तहसम्मलाई समेट्नेगरी निर्णय लिनुपर्ने भएकाले सरकार जटिल अवस्थाको सामना गरिरहेको उनले बताए ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily