Aadarsh-Daily

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

ad-4p
content left
content ad p2

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो भएको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले हालको मूल्यवृद्धिले निर्माण क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरे ।

उनका अनुसार निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेटमा ठूलो दबाब परेको छ । करिब २० दिन अघिसम्मको तथ्यांकअनुसार मन्त्रालयको बजेट सीमाभन्दा झन्डै ३७ अर्ब रुपैयाँले घाटामा पुगेको उनले जानकारी दिए । विशेषगरी डिजेलको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई सबैभन्दा बढी प्रभावित पारेको उनको भनाइ छ ।

बैठकमा मन्त्री लम्सालले पुराना आयोजनाहरूमा ‘इन्डेक्स फ्रिज’ का कारण मूल्य समायोजन रोकिएको र एक वर्षे आयोजनाहरूमा कानुनी जटिलता रहेको बताए । नेपाल राष्ट्र बैंक को हालको मूल्य सूचकांकले मात्रै अहिलेको चरम मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने स्वीकार गर्दै उनले सबै पक्षलाई न्याय हुनेगरी समाधानको तयारी भइरहेको बताए ।

राज्यले निर्णय गर्दा विभेद हुन नहुने भन्दै उनले सबै प्रकारका कन्ट्र्याक्ट डकुमेन्ट र तथ्यांकहरूको अध्ययन भइरहेको जानकारी दिए । कतिपय समस्या समाधानका लागि ऐन संशोधन आवश्यक देखिएकाले निर्णय प्रक्रियामा ढिलाइ भएको पनि उनले स्पष्ट पारे ।

मन्त्री लम्सालले अहिलेको मूल्यवृद्धि सामान्य नभई ठूलो संकट भएको उल्लेख गर्दै सानो अर्थतन्त्र भएको नेपालमा यसको असर झनै गम्भीर हुने बताए । बहुवर्षीय आयोजनामा मूल्य समायोजन सहज भए पनि पुराना र ‘इन्डेक्स फ्रिज’ भएका आयोजनाहरूमा काम अघि बढाउन कठिन भएको उनले बताए ।

त्यस्तै, एक वर्षे आयोजनाहरूमा पनि कानुनी व्यवस्था भए पनि सबैमा समान रूपमा लागू गर्न चुनौती रहेको उनले स्वीकार गरे । सबै प्रकारका आयोजना, निर्माण व्यवसायी र स्थानीय तहसम्मलाई समेट्नेगरी निर्णय लिनुपर्ने भएकाले सरकार जटिल अवस्थाको सामना गरिरहेको उनले बताए ।

सम्बन्धित खबर

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily