Aadarsh-Daily

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

ad-4p

सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामनासहित तराई–मधेसमा जितिया पर्व मनाइँदै छ। विशेषगरी महिलाले श्रद्धापूर्वक मनाउने यस पर्वमा व्रतालुले निराहार तथा निर्जल व्रत बस्ने परम्परा छ।

content ad p2

पर्वका अवसरमा अघिल्लो दिन स्नान गरी पितृ तथा जिमुतवाहन देवताको पूजा गर्ने र तीन पुस्ताभित्रका दिवङ्गत महिला पितृलाई तर्पण दिने चलन रहेको छ। व्रतका क्रममा नरिवल, फलफूललगायत सामग्री डालीमा राखेर पूजा गरिन्छ।

content left

व्रत सम्पन्न भएपछि प्रसाद वितरण गरी व्रतालुले पानी तथा भोजन ग्रहण गर्ने परम्परा छ। जितिया थारूसहित तराई–मधेसका विभिन्न समुदायमा धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइन्छ।

यस अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भई जितियाका गीत, कथा तथा सांस्कृतिक कार्यक्रमसमेत गर्ने गर्छन्। पर्वमा प्राकृतिक सामग्रीको प्रयोग र पितृपूजाको परम्पराले यसको सांस्कृतिक तथा सामाजिक महत्वलाई थप उजागर गरेको जानकारहरू बताउँछन्।

लामो समय पानीसमेत नखाई व्रत बस्ने भएकाले व्रतालुले आफ्नो स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।

सम्बन्धित खबर

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily