
मधेश प्रदेशमा उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपका विषयमा भइरहेको उच्चस्तरीय संवादको दोस्रो दिनको कार्यक्रम सिमरामा सुरु भएको छ।

युनेस्को नेपालको सहकार्य तथा शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भइरहेको संवादमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मा. रहबर अंसारीसहित प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी सहभागी छन्।
कार्यक्रममा स्थानीय सरोकारवाला, नागरिक समाज, सरकारी नीति निर्माता, शिक्षा क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालाको समेत सहभागिता रहेको छ। संवादमा उच्च शिक्षाको सुधार, पाठ्यक्रमको प्रभावकारिता तथा शिक्षा क्षेत्रलाई थप गुणस्तरीय र समयसापेक्ष बनाउने विषयमा छलफल भइरहेको छ।

