
जितिया पर्वको अवसरमा पर्साको सखुवा प्रसौनी–२ औराहा पञ्चगावामा आयोजना गरिएको दंगल कुस्ती प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेको प्रतियोगितामा नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न क्षेत्रबाट आएका पहलवान सहभागी छन्।
कुस्ती हेर्न औराहा पञ्चगावासहित आसपासका क्षेत्रबाट दर्शकको भीड लागेको छ। परम्परागत रूपमा हुँदै आएको दंगलले जितिया पर्वको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।
प्रतियोगितामार्फत स्थानीय मौलिक खेल, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको भनाइ छ।

