
न्यायपरिषद्ले उच्च अदालतका चार मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

सिफारिस हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। चारै जना हाल उच्च अदालतका मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्।
अब उनीहरूको संसदीय सुनुवाइलगायत आवश्यक प्रक्रिया पूरा भएपछि सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति हुनेछ।

