
रौतहटको गौर नगरपालिका–५ का अजय केशरीको बरहवा तालमा डुबेर मृत्यु भएको छ।

तालमा डुबेको जानकारी पाएपछि सुरक्षाकर्मी र स्थानीय युवाहरू तत्काल घटनास्थलमा पुगेका थिए। लामो समयको खोजीपछि उनीहरूले केशरीको शव तालबाट निकालेका हुन्।
घटनापछि ताल क्षेत्रमा सर्वसाधारणको भीड लागेको थियो। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाइएको छ।
स्थानीयले बरहवा तालमा सुरक्षा व्यवस्था तथा दुर्घटना न्यूनीकरणका उपाय तत्काल प्रभावकारी बनाउन माग गरेका छन्।

