Aadarsh-Daily

चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

ad-4p

भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित डोना पाउलाको आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको जनाइएको छ।

content ad p2
content left

सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लास्थित मुरुडमा जन्मिएका पाटेकरले सन् १९७८ मा चलचित्र ‘गमन’ बाट अभिनय यात्रा सुरु गरेका थिए। हिन्दी र मराठी चलचित्रमा लामो समय सक्रिय उनले आफ्नो विशिष्ट अभिनय शैलीबाट दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए।

‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘खामोशी’, ‘अग्निसाक्षी’, ‘यशवंत’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘राजनीति’ तथा मराठी चलचित्र ‘नटसम्राट’ उनका चर्चित चलचित्र हुन्।

अभिनयसँगै निर्देशन र सामाजिक क्षेत्रमा समेत सक्रिय पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ। उनका परिवारमा पत्नी नीलकान्ति पाटेकर र छोरा मल्हार पाटेकर छन्।

सम्बन्धित खबर

दसैँको अवसरमा गहवा माईलाई समर्पित ‘हमरा गहवा माईके’ भजन सार्वजनिक

Aadarsh Daily

श्रीसियाबासिसंग धर्ना स्थलमा प्रशासन वार्ता गर्दै

Aadarsh Daily

बरहवा तालमा डुबेर गौरका अजय केशरीको ज्यान गयो

Aadarsh Daily