Aadarsh-Daily

दसैँको अवसरमा गहवा माईलाई समर्पित ‘हमरा गहवा माईके’ भजन सार्वजनिक

ad-4p

दसैँको धार्मिक उत्सवलाई लक्षित गर्दै गहवा माईको भक्ति र आस्थामा आधारित नयाँ भजन ‘हमरा गहवा माईके’ सार्वजनिक गरिएको छ।

content ad p2

वीरगंजस्थित गहवा माई मन्दिर परिसरमा बुधबार आयोजित कार्यक्रममा तीर्थ विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) तथा मन्दिरका पुजारीलगायतको उपस्थितिमा भजन सार्वजनिक गरिएको हो।

content left

उमा लाल यादवको रचना रहेको भजनमा चन्दन पण्डितले स्वर दिएका छन् भने गौरव रोशनको संगीत रहेको छ। भिडियोमा अन्नु मेहता, चन्दन पण्डित, अनिशा सिंह र रजनिकान्त दुबेले अभिनय गरेका छन्।

भजनको निर्माण नितेश मेहता र राज सोनीले गरेका हुन्। देशीब्वाय नवीन नेपालीले निर्देशन गरेको भिडियोको छायांकन निखिल सन्तोष शाहले गरेका छन्। मेकअप मधु चौधरी र रेकर्डिङ अटुट म्युजिकले गरेको जनाइएको छ। डिजिटल व्यवस्थापन गोसाई मिडिया सोलुसन्सका वीरेन्द्र गिरीले गरेका छन्।

एनआर म्युजिक रेकर्डस्को प्रस्तुतिमा तयार भएको भजन निर्माणमा करिब १ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। भिडियोको अधिकांश दृश्य गहवा माई मन्दिर परिसरमै छायांकन गरिएको छ।

गहवा माईप्रतिको धार्मिक आस्था र दसैँको सांस्कृतिक भावनालाई समेटिएको भजन भक्तजन तथा दर्शक–श्रोतासम्म पुर्‍याउने उद्देश्यले सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

श्रीसियाबासिसंग धर्ना स्थलमा प्रशासन वार्ता गर्दै

Aadarsh Daily

बरहवा तालमा डुबेर गौरका अजय केशरीको ज्यान गयो

Aadarsh Daily

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily