Aadarsh-Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

ad-4p

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवादले बजेट कार्यान्वयन र नियमित सेवा प्रवाह प्रभावित भएको गाउँपालिका उपाध्यक्ष शर्मिला विष्टले आरोप लगाउनुभएको छ।

content ad p2

उपाध्यक्ष विष्टले अध्यक्षलाई सम्बोधन गर्दै जारी गरेको ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८३/०८४ को बजेट गाउँसभाबाट पारित भइसके पनि आफूले चाहेको प्रमुख प्रशासकीय अधिकृत नआएसम्म खाता सञ्चालन नगर्ने अडानका कारण गाउँपालिकाका कामकाज प्रभावित भएको उल्लेख छ।

content left

पत्रअनुसार साउनदेखि कर्मचारी, शिक्षक र जनप्रतिनिधिले तलब तथा भत्ता पाउन सकेका छैनन्। सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिएको भन्दै वृद्धवृद्धा, विधवा, अपाङ्गता भएका व्यक्ति लगायतका लाभग्राही प्रभावित भएको उपाध्यक्षले जनाउनुभएको छ।

खाता सञ्चालन नहुँदा गाउँपालिका र वडा तहका विकास योजना तथा कार्यक्रम अघि बढ्न नसकेको पनि पत्रमा उल्लेख छ। त्यसैगरी, निःशुल्क एम्बुलेन्स सेवा घोषणा गरिए पनि इन्धन अभावका कारण सञ्चालन हुन नसकेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा असर परेको उपाध्यक्षको आरोप छ।

उपाध्यक्ष विष्टले व्यक्तिगत स्वार्थ र आपसी मनमुटावभन्दा जनताको सेवा र विकासलाई प्राथमिकता दिन अध्यक्षसँग आग्रह गर्नुभएको छ। उहाँले तत्काल खाता सञ्चालन गरी रोकिएका काम अघि बढाउन र गाउँपालिकाको सेवा प्रवाहलाई सहज बनाउन माग गर्नुभएको छ।

उक्त विषयमा गाउँपालिका अध्यक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily