Aadarsh-Daily

नयाँ सिम र रिचार्जमा टेलिकमका थप सुविधा

ad-4p

वीरगञ्ज । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न नि:शुल्क सुविधा थप हुने भएको छ । त्यस्तै कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई अभिभावकको नागरिकता र विद्यार्थी परिचयपत्रका आधारमा सिम उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

content ad p2
content left

कम्पनीका अनुसार ९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने बताइएको छ । सो सिमकार्डमार्फत १ जीबी डेटा चलाउन सकिनेछ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० ओटा एसएमएस पठाउन सकिने बताइएको छ ।

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने र यसमा १० रुपैयाँ ब्यालेन्ससमेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । डेटा बोनसअन्तर्गत एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पनि उपलब्ध गराइने भएको छ । १०० देखि १ हजार रुपैयाँसम्मको रिचार्जमा ८ जीबीसम्म डेटा बोनस प्राप्त हुने भएको हो । पुस १ देखि प्रारम्भ हुने यी सुविधा फागुन ३० सम्म कायम रहने बताइएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily