Aadarsh-Daily

समाजवादी विद्यार्थी युनियन पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत

ad-4p

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत भएका छन् ।

content ad p2
content left

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको समाजवादी विद्यार्थी युनियन नेपाल एकाइको अध्यक्ष समेत रहेका साह जिल्ला संयोजक र अध्यक्षमा मनोनीत भएका हुन् ।

युनियनका महासचिव प्रकाश चामलिङ्ग राईले साहलाई पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

युनियनको पर्सा जिल्ला अध्यक्षका रूपमा साहको कार्यकाल देश, पार्टी र सङ्गठनको हकहितका लागि उपलब्धिमूलक रहने छ भने राईको विश्वास छ । साह जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन साह सोनारको स्वकीय सचिव पनि हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily