Aadarsh-Daily

बारा–पर्सा इटा व्यवसायी संघद्वारा पर्साको सुपर इट्टाका कामदारलाई अपहरण र धम्क्याउने काम नभएको संघको दावी

ad-4p

वीरगंज । बारा–पर्सा इटा व्यवसायी संघ वीरगंजले पर्साको सुपर इट्टाका कामदारमाथि मंसिर २६ गते मध्यरातमा भएको आक्रमण आफुहरुले नगरेको दावी गरेको छ । संघका अध्यक्ष ओमप्रकाश यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन देखि संचार माध्यममा आएको समाचारप्रति आफुहरुको ध्यानकर्षण भएको जानकारी गराउँदै आफुहरुले पर्सागढी–७ चैनपुरमा सञ्चालित सुपर इट्टका कामदारहरुलाई अपहरण,कुटपिट तथा धम्क्याउने काम नगरेको स्पष्ट पारिएको छ । अध्यक्ष यादवले संघको निर्णय बिपरित चाडै चिम्नी संचालन गर्न खोज्ने सुपर इँटा उद्योगका संचालक सरोजकुमार यादवसंग छलफल मात्र भएको बताउँदै त्यहाँका कामदारमाथि कुटपिट नभएको बताए ।

content ad p2
content left

सुपर इँटा उद्योगका सञ्चालक यादवलाई संघले पटकपटक इँटाभट्टा सञ्चालनमा रोक लगाए पनि नमानेको र संघको निर्णयलाई अपहेल्ना गरेको आरोप लगाए । संघको सह कोषाध्यक्ष समेत रहेका यादवले आफैले बनाएको नियम आफै पालना न गर्दा समस्या उत्पन्न भएको हो । संघले माघ २५ गतेदेखि बारा–पर्सामा चिम्नी फायरिङ गर्ने निर्णय भएकोमा सुपर इट्टाका सञ्चालकले उत्पादन भइरहेको काचो इट्टालाई जोगाउन चाडै चिमनी फायरिङ गरेको बताएका छन् । यसरी चिम्नी फायरिङ गरेको केही दिनपछि उक्त चिम्नीका ७ जना मिस्त्री तथा कामदारलाई फोन र प्रत्यक्ष रुपमा धम्क्याएर भारत भगाइएको समाचार प्रकाशमा आएपछि संघ तातिएको हो । सुपर इट्टा उद्योगका सञ्चालकले यस विषयमा स्थानीय ५ जना इटा उद्योग सञ्चालकलाई विपक्षी बनाएर जिल्ला प्रशासन कार्यालय र पर्सा प्रहरीमा उजुरी गरेको विषयमा पनि विज्ञप्तिमार्फत दुख व्यक्त गरिएको छ ।

सुपर ईटाले संघका सदस्य सोना इँटा उद्योगका संचालक ओमप्रकाश यादव, शिवम् इँटा उद्योग फुलवरियाका सञ्चालक जीतेन्द्र मिश्र, प्रीति इँटा उद्योग डोकैलाका सञ्चालक सुरेन्द्र ठाकुर, अनमोल इँटा उद्योग, डोकैलाका सञ्चालक बृजमोहन साह रौनियार र एभिएस इँटा उद्योग, चैनपुरका सञ्चालक रोहित यादवलाई विपक्षी बनाइ उजुरी दिए तापनि हाल पनि आफुहरु संवादमार्फत समस्या समाधानको लागि तयार रहेको संघका अध्यक्ष यादवले आग्रह गरेका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily