Aadarsh-Daily

ब्राउन सुगरसहित तीन जना पक्राउ

ad-4p

पोखरा । जिल्ला प्रहरी कास्कीले ३.५ ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। बुधबार साँझ पोखराको पृथ्वीचोकस्थित एक होटलबाट बिक्रीवितरण भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मार्दा ३ जनालाई पक्राउ गरेको हाे।

content ad p2
content left

पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका– १० बस्ने ३० वर्षीय सवि अली, संखुवासभाको खाँदबारी–१ बस्ने सन्दीप अधिकारी र धादिङको रोराङ गाउँपालिका–२ का २५ वर्षीय सविन घले छन्।

उनीहरुको साथबाट ३.५ ग्राम ब्राउनसुगर जस्तै देखिने खैरो रङको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। उनीहरुको साथबाट ४ थान मोबाइलसहित नगद पनि बरामद भएको छ। जिल्ला अदालत कास्कीबाट बिहीबार १० दिनको म्याद थप गरेर लागुऔषध सम्बन्धी मुद्वामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily