Aadarsh-Daily

मौसम : चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह

ad-4p

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

content ad p2
content left

काठमाडौं उपत्यकामा हिजो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार यो अझै घट्ने सम्भावना छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily