Aadarsh-Daily

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार

ad-4p

जनकपुरधाम । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार भएको छ । म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहाको अगाडिबाट हतकडीसहित थुनुवा फरार भएका हुन् ।

content ad p2
content left

आरोपित छोटु सदा दिउँसो १ बजे हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले बताए । बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily