
बारा । बारा प्रहरीले श्रोत खुल्न नसकेको १४ लाख बराबरको खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित पथलैया चोक बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंज बाट काठमाण्डौ जादै गरेको ना ८ ख ७५३५ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विभिन्न खुद्रा समानहरू रहेको र समानको स्रोत खुलाउन नसक्ने १४ लाख ४ हजार ८ सय ६६ रूपैया बराबरको खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त बरामद गरिएको समान सहित ट्रक आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

