Aadarsh-Daily

पर्सा राष्ट्रिय निकुञ्जभित्र हतियारसहित प्रवेश गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

ad-4p

बारा । पर्सा राष्ट्रिय निकुञ्जले बिना अनुमति हातहतियार, भरुवा बन्दुक सहित निकुञ्जभित्र प्रवेश गर्ने र सतिसालको रुख काट्ने ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले निकुञ्जको कोर क्षेत्रभित्र अनुमति बिना हातहतियार, भरुवा बन्दुक र अन्य बन्दोबस्तीको सामानसहित प्रवेश गरेको कसुरमा २ जना र सतिसालको रुख कटान गरेको अभियोगमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

content ad p2
content left

निकुञ्जले हेटौँडा उपमहानगर वडा नंबर १३ का तिलकबहादुर थिङ्ग र वडा नंबर १४ कालोपानी बस्ने राजीव घलानलाई भरुवा बन्दुक र हतियारसहित निकुञ्ज प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीहरुलाई भरुवा बन्दुक २ थान, फलामे छर्रा (गोली), बारुद र अन्य बन्दोबस्तीका सामान निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका थिङ्ग र घलानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, दफा २६ उपदफा (६) अनुसार धरौटी बुझाउन नसकेपछि शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएको निकुञ्जका रेन्जर जयराम न्यौपानेले बताए ।

यसकासाथै निकुञ्जको सिकारी पोस्टबाट खटिएको कर्मचारी र नेपाली सेनाको अर्को टोलीले अवैध रूपमा सतिश सालको रुख कटान गरिरहेको अवस्थामा ८ वटा गोलिया, ३ थान बन्चरो, १ थान आरा, टर्चलाइट र गोलाइ नाप्ने फित्तासहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । साल प्रजातिको रुखमध्ये सतिसाल सबैभन्दा मूल्यवान् मानिन्छ । यो दुर्लभ वनस्पति अन्तर्गत पर्दछ ।

सतिसालको गोलाइसहित पर्साको जिराभवानी गाउँपालिका वडा नंबर १ का सहदेव सकुल , त्यही ठाउँका हिरालाल मुखिया बिन , आसदेव मुखिया र जितेन्द्र मुखियालाई नियन्त्रणमा लिएर प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले शुक्रबार नै पुर्पक्षका लागि थुनामा पठाउन फैसला गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ती चारजनालाईपनि वीरगन्ज कारागार पठाइएको निकुञ्जले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily