Aadarsh-Daily

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने

ad-4p

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।

content ad p2

न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो। हेर्दाहेर्दैमा रहेको मुद्दा सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा भएकाले बुधबार मात्रै सुनुवाइ हुने भएको छ।

content left

डेढ वर्षदेखि विचाराधीन मुद्दा कहिले हेर्न नभ्याइने, कहिले हेर्न नमिल्नेमा पर्दै, कहिले स्थगित हुँदै आएको छ। यसकारण मुद्दा टुंग्याउन ढिलासुस्ती गरेको आरोप अदालतमाथि लागेको छ। सर्वोच्च अदालतले जबर्जस्ती करणीसम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अर्थात् प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको छ। तर पनि यो मुद्दा लम्बिँदै गएको छ।

२०७९ कात्तिकमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ गरिरहेको टिप्पणी हुन थालेको छ।

आइतबार अन्तिम बहसका लागि दैनिक पेसीमा चढेको मुद्दामा सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। यसअघि मंसिर २४ मा पेसी चढेको मुद्दा लामिछाने पक्षका कानुन व्यवसायीहरूले स्थगित गरेका थिए।

पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्तादेखि बसाइसराईसम्मको माग्ने आदेश गरिसकेको छ। हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily