Aadarsh-Daily

गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

ad-4p

वीरगन्ज । गुरु नानक सेवा प्रतिष्ठान साेध केन्द्रले वीरगन्जमा सञ्चालन गरेकाे नि:शुल्क दन्त शिविरबाट आठ सय भन्दा बढी बालबालिका लाभान्वित भएका छन्।

content ad p2
content left

वीरगन्जको श्रीपुरस्थित ओम नेशनल एकेडेमीमा सञ्चालित दन्त शिविरमा उक्त विद्यालयमा अध्ययनरत ८ सय बढी बालबालिकाकाे दन्त परिक्षण गरी आवश्यक ओैषधिसमेत वितरण गरिएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले जानकारी दिए।

शिविरमा डाक्टर विकास पटेल,डाक्टर प्रिती चाैरसिया,डाक्टर सम्झना यादव र डाक्टर राजा जयसवालले बालबालिकाहरुकाे दन्त परिक्षण गरेका थिए।शिविरमा ओम नेशनल एकेडेमीका निर्देशक हरिश्याम ठाकुर,

गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रका हरविंदर सिंह, जतिन्दर सिंह, अभिनाष झा, रुप नारायण सिंह,लालबाबु सिंह,नेपाल रेडक्रस सोसाइटीका श्रवण बहादुर रायमाझी लगायतकोपनि उपस्थिति थियाे।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily