Aadarsh-Daily

बाराको मुसहर्वा नाकाबाट धान, चिनी, केराउको दिनदहाडै तस्करी

ad-4p

बारा । बारा जिल्लाको मुसहर्वा नाका हुँदै नौतन गण्डक भएर दैनिक करोडौंको मालसमान तस्करी हुने गरेको छ । सो भेगका गाउँलेका अनुसार मुसहर्वा नाका हुँदै गण्डक नहर र बाराको क्षेत्र नं. ४ को विभिन्न गाउँको सडकबाट तस्करी मौलाएको गाउँलेले बताएका छन् । पोके तस्कर मार्फत्, साइकल, मोटरसाइकल, पिकअप भ्यान र ट्याक्टरनै पास हुने गरि तस्करी भइरहेको बारा प्रसौनीका स्थानीयहरू बताउँछन् ।

content ad p2
content left

मुसहर्वा नाकामा भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्ष्Fा युनिटसँगै इलाका प्रहरी कार्यालय नौतनलाई आर्थिक प्रलोभनमा पारि जीतपुरका सरोज र प्रदीप नाम गरेका दुईजना तस्करहरूका लागि लाइन खुला गरिएको बताइएको छ । सिमा नाकादेखि सो क्षेत्रमा पर्ने सम्पूर्ण सुरक्ष्Fा युनिटलाई सेटिङ गरेर दिनहु करोडौंको धान, चिनी, कपडा, हरियो केराउ, काजु, माछालगायतको तस्करी भइरहेको जनाइएको छ ।

तस्करीबाट भित्रिएको मालसमानहरू बारा–पर्साका स्थानीय बजारमा खपत हुनुका साथै ढुवानी गरेर हेटौंडा, चितवन, पोखरा, काठमाडौंलगायतको शहरमा समेत पु¥याउने गरेका छन् । यस विषयमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद बोहरासँग कुराकानी गर्दा पहिलो भन्दा तस्करी कम भएको दाबि गर्दै कडाइका साथ सुरक्ष्Fा गस्ती भइरहेको जानकारी गराए ।

साथै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपि दघिराम न्यौपानेसँग कुरा गर्दा उनले तस्करीलाई शून्य सहनशीलताको नीतिले कडाई गरिएकोले पछिल्लो केही महिनामै २५ करोड भन्दा बढीको मालसमान बरामद गरि सरोकारवाला निकायमा बुझाएको दाबी गरे । साथै कतै तस्करी भइरहेको छ भने प्रमाणसहित प्रहरीलाई सूचित गर्न आग्रह गरे ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily