Aadarsh-Daily

पर्सागढी नगरपालिकाबाट तिन ट्याक्टर अवैध काँचो काठ बरामद

ad-4p
content left

वीरगञ्ज । पर्सा प्रहरीले जिल्लाको पर्सागढी नगरपालिकाबाट तिन ट्याक्टर अवैध काँचो काठको चिरपट दाउरा नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केशरीको कमान्डमा खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका – ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदी किनाराबाट काँचो काठ नियन्त्रणमा लिएको हो ।
बिन्दबासनीको कौईलाभार बढनिहार साझेदारी समिति पर्साका अध्यक्ष रिजवान आलम, सब डिभिजन वन रङ्गपुर टाढी पर्साका रेञ्जर कपिलदेव प्रसाद यादव सहितको टोलीले बिहीबार बिहान ११ बजे छुट्टाछुट्टै दुई ठाउँमा लुकाई छिपाइ राखिएको अवैध काँचो काठको चिरपट दाउरा नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरीले जानकारी दिए ।
उनका अनुसार यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily