Aadarsh-Daily

नक्कली नोट सहित एक युवकलाई पक्राउ

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

content ad p2
content left

रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
नक्कली नोट सहित पक्राउ परेका जयसवाललाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाएको डिएसपी गिरीले बताइन् ।

जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily