Aadarsh-Daily

३८ लाख मूल्य बराबरको भन्सार छलीका सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामानसहितका ट्रक पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट उक्त सामानसहितको ट्रक पक्राउ गरेको हो ।

content ad p2
content left

वीरगञ्जबाट कास्कीतर्फ जादैँ गरेको ना ३ ख ७३२९ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका खुद्रा सामानको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिएको हो ।

ट्रकमा ३८ लाख २७ हजार मूल्य बराबरका सामान बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । पक्राउ परेका सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily