Aadarsh-Daily

कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ को दुईजना सङ्क्रमित फेला

ad-4p
content left

वीरगंज, २६ पुस/ शङ्कराचार्यद्वारमा राखिएको हेल्थडेस्कबाट हिजो र आज गरी कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ को दुईजना सङ्क्रमित फेला परेका छन् ।
बुधवार एन्टिजेनबाट ५५ जना भारतीय नागरिकको परीक्ष्Fण गर्दा एकजना युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ सङ्क्रमण पुष्टि भएको र उनलाई भारतीय प्रहरीको जिम्मा लगाइएको थियो ।
यसैगरी, बिहीवार ५९ वर्षीय धादिङ जिल्ला घर भएका व्यक्तिमा सो भेरिएन्ट पुष्टि भएको र उनलाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ ।
आज पुष्टि भएका सङ्क्रमित कोलकाताबाट रेल यात्राबाट नेपाल फर्केका हुन् भने हिजो पुष्टि भएका युवक पनि कोलकाता भएर काठमाडौं जादै थिए ।
भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ सङ्क्रमण पैmलिंदै गएपछि शङ्कराचार्यद्वारमा यही पुस महीनादेखि हेल्थडेस्क राखेर भारतबाट बस, कार, हवाइ र रेलमार्ग भएर आउने यात्रीहरूको स्वास्थ्य परीक्ष्Fण शुरू भएको हो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily