
वीरगन्ज,२८पुष:नेताहरुबिचकाे विवादका कारण वीरगन्जमा शनिबार हुने भनिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महानगर भेला स्थगित गरिएको छ।

शनिबार वीरगन्जको होटेल क्लासिक ब्यांक्वेटमा राखिएको रास्वपाको प्रथम वीरगन्ज महानगर भेला सूचना टाँस गरेर स्थगित गरिएको हो।
भेला स्थलमा सूचना टाँस गरेर शनिबार बिहान ११ बजेको लागि राखिएको भेला स्थगित गरिएको हो। उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो।
भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि महानगरकाे नेतृत्व चयनका लागि केहि नेताले चलखेल गरेकाे र त्यहि विषयमा शुक्रबार बेलूकी विवाद भएपछि भेला स्थगित गरिएको रास्वपाका क्षेत्रीय सभापति शेखर अग्रवालले जानकारी दिए।

