Aadarsh-Daily

बारामा सुन जस्तो देखिने धातुसहित बाराबाट २ जना पक्राउ

ad-4p

बीरगंज । बारामा सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकासशील चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

content ad p2
content left

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखाकाे गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रुमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily