Aadarsh-Daily

जनकपुरधाम उपमहानगरपालिको २ अर्ब ३० करोड पाउने

ad-4p

एसियाली विकास बैंक(एडीबी)ले संघीय सरकारको सहरी विकास मन्त्रालयसित गरेको झण्डै पौने २१ अर्बको सम्झौतामा जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब ३० करोड पाउने भएको छ ।

content ad p2
content left

नगर क्षेत्रको सडक, नाला, जीवनयापनको स्तरोन्नतिका लागि सो रकम उपलब्ध हुने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनाए ।‘एडीबीबाट प्राप्त रकमको काम निर्धारित समयमै खर्च गरिनेछ’ उनले भने, तोकिएको समयमा बजेट खर्च गर्न सके थप रकम प्राप्त हुनेछ । जनकपुरधामको मुख्य सडकहरुमा नालाको काम भइसके पनि सहायक सडकलगायत केही ग्रामीण वडाहरुमा काम गर्न बाँकी रहेको बताउँदै मेयर साहले भने, यस पटक नगरको अधिकांश सडक र नालाको काम पूरा गरिनेछ ।

एडीबीको आयोजनाका लागि मेयर साह केही महिनादेखि निरन्तर लागेका थिए । सम्झौता पत्रमा हस्ताक्षर हुने बखत जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की पनि उपस्थित रहेका थिए । उपमहानगरपालिकाको आन्तरिक, नेपाल सरकार र प्रदेश सरकाको बजेट बाहेक एडीबीबाट प्राप्त रकम रहेकाले ग्रामीण वडाहरुमासमेत विकासको अनुभूति हुने मेयर साहले बताए ।

यस अघि पनि एडीबीको ऋण सहयोगबाट जनकपुरधामको मुख्य सडक र नालाहरु निर्माण गरिएको थियो । एडीबीले उपलब्ध गराएको ऋण पाउनेमा जनकपुरधामका अतिरिक्त पोखरा, लुम्बिनी, देवदह लगायतका नगरपालिकाहरु रहेका छन् ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily