Aadarsh-Daily

बाराको जितपुरसिमरा ३ का वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ad-4p

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका एकजना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

content ad p2
content left

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कार्कीविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडाध्यक्ष कार्कीमाथि घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।

अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष ताराबहादुर कार्कीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily