Aadarsh-Daily

वीरगञ्जमा पाँच जना नक्कली नोटसहित पक्राउ

ad-4p

वीरगञ्ज । नक्कली नोटसहित बाराबाट पाँच जना पक्राउ परेका छन् ।

content ad p2
content left

एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित जिल्ला प्रहरी कार्यालय बाराले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बारा परवानिपुर गाउँपालिका–५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगञ्ज महानगरपालिका– १० का विशाल कुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्वत र सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ४४ वर्षीय रामचन्द्र महतो कोइरी छन् ।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
नक्कली नोटसँगै उनीहरूबाट भारतीय सीमकार्ड र ७ थान मोबाइल बरामद भएको डिएसपी न्यौपानेले बताए । यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily