Aadarsh-Daily

पर्सामा समातिएका मोटरसाइकलको स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना

ad-4p

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा सवारी चेकिङ र बेवारिसे रूपमा फेला पारेका मोटरसाइकलमा स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको छ।

content ad p2

पर्सा प्रहरी कार्यालयको प्रबन्ध शाखाले प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाइकलको स्वामित्व हक दाबी गर्न बिहीबार सूचना जारी गरेको हो।

content left

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सूचना जारी भएको १५ दिनभित्र मोटरसाइकलधनीले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्नुपर्नेछ।

लामो समयदेखि कार्यालयपरिसरमा राखिएका मोटरसाइकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा कानुनी प्रक्रियाअनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाइकल राखिएको भए पनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारीधनी नआएकाले सूचना जारी गरिएको उनले बताए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily