Aadarsh-Daily

टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीता २०८० को उपाधि एम.एस धोनी फ्यान क्लबलाई

ad-4p
content left

वीरगन्ज । रामनिवास पटेल । वीरगन्जमा आयाेजित टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीता २०८० को उपाधि एम.एस धोनी फ्यान क्लबले आफ्नो नाम गरेको छ ।

एम.एस धोनी फ्यान क्लब र स्प्रिट क्लब वीरगन्ज बीच शनिबार भएको फाइनल खेलमा ७४ रनको भारी अन्तरले स्प्रिटफाई हराउँदै धोनी फ्यान क्लबले जित आफ्नो नाम गरेको हो ।

टस जितेर ब्याटिङ् गरेको एम.एस धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो । सो टिमका कर्म पालले सर्वाधिक रन बनाएका थिए ।

स्प्रिट क्लबले भने निर्धारित मध्ये १३.२ ओभरमा १० विकेट गुमाएर ८३ रनमै समेटियो । प्रतियोगीतामा कर्म पाल प्लेयर अफ दी म्याच घोषित भए । विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ट्रफी, मेडल प्रदान गर्दै आउने दिनमा खेलजगतका लागि हुने सहयोग गर्न पछि नपर्ने बताए ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily