Aadarsh-Daily

टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीता २०८० को उपाधि एम.एस धोनी फ्यान क्लबलाई

ad-4p
content left

वीरगन्ज । रामनिवास पटेल । वीरगन्जमा आयाेजित टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीता २०८० को उपाधि एम.एस धोनी फ्यान क्लबले आफ्नो नाम गरेको छ ।

एम.एस धोनी फ्यान क्लब र स्प्रिट क्लब वीरगन्ज बीच शनिबार भएको फाइनल खेलमा ७४ रनको भारी अन्तरले स्प्रिटफाई हराउँदै धोनी फ्यान क्लबले जित आफ्नो नाम गरेको हो ।

टस जितेर ब्याटिङ् गरेको एम.एस धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो । सो टिमका कर्म पालले सर्वाधिक रन बनाएका थिए ।

स्प्रिट क्लबले भने निर्धारित मध्ये १३.२ ओभरमा १० विकेट गुमाएर ८३ रनमै समेटियो । प्रतियोगीतामा कर्म पाल प्लेयर अफ दी म्याच घोषित भए । विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ट्रफी, मेडल प्रदान गर्दै आउने दिनमा खेलजगतका लागि हुने सहयोग गर्न पछि नपर्ने बताए ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily