Aadarsh-Daily

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

ad-4p

बीरगंज । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको छ ।

content ad p2

पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

content left

बैठक ११ बजेदेखि बस्ने भनिए पनि एक घण्टा ढिलो गरी सुरु भएको हो ।

विधान सम्मेलनको तयारीका लागि केन्द्रीय समिति बैठक बस्ने भए पनि उपाध्यक्ष पम्पा भुसाल नेतृत्वको समितिले तयार पारेको मस्यौदामा भने छलफल हुनेछैन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकमा नै विधान मस्यौदालाई केन्द्रीय समितिको एजेन्डा नबनाउने बताइ सकेका छन् ।

माओवादीको केन्द्रीय समिति बैठक सोमबारसम्म बस्ने छ । मंगलबारदेखि तीन दिनसम्म माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौँमा सम्पन्न हुनेछ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily