Aadarsh-Daily

भारतीय सांसद मनोज तिवारी र नेपाल विश्व हिन्दु महासंघका प्रतिनिधि बिच दुईपक्षीय भेटवार्ता

ad-4p
content left

वीरगन्ज, माघ २८ 
भारतिय जनता पार्टी (भाजपा) का दिल्ली प्रदेशका पूर्व अध्यक्ष एवं भारतका चिरपरित सांसद मनोज तिवारीसंग शुक्रवार नेपाल विश्व हिन्दु महासंघका प्रतिनिधि बिच भेटवार्ता भएको छ । शुक्रवार नयाँ दिल्लीमा सांसद तिवारी र महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद र महासचि अभिषेक तिवारी बिच सरकारी आवासमा भेटवार्ता सम्पन्न भएको हो ।
दुईपक्षीय छलफलमा नेपाल र भारत बिचको सम्बन्ध थप बलियो बनाउने, दुबै देशमा रहेका धार्मिक स्थलहरुमा पुरै विश्वका हिन्दुहरुको पहुँच बढाउने , खुल्ला सिमाना र हिन्दु राष्ट्र लगायतका समसामयिक विषयमा कुराकानी भएको महासंघका महासचिव अभिषेक तिवारीले जानकारी दिए ।
उनका अनुसार भारतीय सांसद मनोज तिवारीले नेपाल भारत बिचको सम्बन्ध पुरातनकाल देखि नै प्राकृतिक रूपमा रहेको तथा दुबै देशका नागरिक बिच बेटि रोटीको सम्बन्ध समेत रहेको बताए ।
सांसद तिवारीले भौगोलिक निकटका साथ धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम रहेको बताउदै दुबै देश बिचको सुमधुर सम्बन्ध बिगार्न कुनैपनि शक्तिले जतिसुकै प्रयास गरेपनि दुई देश बिच कुनै किसिमको तिक्तता नआउने समेत बताएका छन । उनले नेपाल–भारत बिचको बेटीरोटीको सम्बन्ध थप बलियो बनाउन आफु पहलमा लागेको समेत बताए ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily