Aadarsh-Daily

पर्साको बिन्दबासिनी गाउँपालिकाकी उपाध्यक्ष चौरसियाको नेतृत्वमा विकास निर्माणको अनुगमन

ad-4p

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया नेतृत्वमा आइतवार पालिकास्तरमा निर्माण भइरहेको नदीको तटबन्ध र मन्दिर निर्माणको अनुगमन गरिएको छ ।

content ad p2
content left

वडा नं ५ प्रसौनी भाठ्ठा स्थित गादी नदीमा रु पाँच लाखको लागतमा तटबन्ध निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत कार्य सम्पन्न भइसकेको पाइएको अनुगमनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए ।

यसैगरी, वडा नं १ विश्रामपुरमा निर्मित मन्दिरको पनि अनुगमन गरिएको थियो । मन्दिर निर्माणको लागि विनियोजित बजेट अपुग भएपछि अहिले ६० प्रतिशत काम पूरा भएर अधूरो अवस्थामा छ । यस वर्ष बजेट विनियोजन नभएकोले काम अधूरो भएको र आगामी वर्ष यो शीर्षकमा बजेट विनियोजन गरेर काम पूरा गर्ने गापाध्यक्ष चौरसियाले बताइन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily