Aadarsh-Daily

मधेशमा जसपाको एकल सरकार जस्तो भयो :- माओवादी

ad-4p

बीरगंज । मधेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवको आलोचना गरेको छ ।
मुख्यमन्त्री यादवले आइतबार प्रदेशसभामा विश्वासको मत मागेपछि धारणा राख्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सरकारको गति सुस्त भएको र मुख्यमन्त्रीले सल्लाह र सहकार्य नगरेको बताएका हुन् ।
उनले सरकार समन्वय सहकार्य नगर्दा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयमा विवाद भएको बताए ।
‘सरकार प्रमुखले गठबन्धन, सर्वदलीय बैठक गर्नुभएन । गठबन्धनको बैठक वा सर्वदलीय बैठक पूर्वमा भएको भए राजविराज घटना हुने थिएन’, नेता साहले भने ‘सरकारले हामीलाई किन सम्झेन, किन सहकार्य गरेन त्यस विषयमा गम्भीर हुन आग्रह गर्न चाहन्छु ।’
नेता साहले सरकार जनता समाजवादी पार्टीको जस्तो मात्र देखिएको टिप्पणी गरे । ‘कहिलेकाही यो जसपाको सरकार मात्रै हो कि, कहिलेकाहीँ सरकारको ब्यानरमा जसपा मात्रै देखिन्छ । यो कुराहरु सच्याउन आवश्यक देखिन्छ’, उनले भने ।

content ad p2
content left

शनिबार भएको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्रीले आफूहरुले उठाएको कुरालाई गम्भीरतापूर्वक लिएको र विगतको कमजोरी सच्याउने प्रतिवद्धता जनाएको भन्दै साहले विश्वासको मत दिने बताए ।

‘अब सरकार नयाँ सिराबाट अघि बढ्छ भन्ने विश्वास छ । त्यसैले आज विश्वासको मत दिन्छौं’ नेता साहले भने । गत ९ माघमा जनमत पार्टीले मधेश सरकार छाड्नुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । त्यसैले मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिन लागेका हुन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily