Aadarsh-Daily

पार्टीमा देखिएको गुट उपगुट अन्त्य हुनेमा डा शेखर कोइराला विश्वस्त

ad-4p

वीरगञ्ज । कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले महासमिति बैठक पछि पार्टीमा देखिएको गुट उपगुट अन्त्य भएर जाने कुरामा विश्वस्त हुन सबैलाई अनुरोध गरेका छन् ।

content ad p2

ललितपुरको गोलाबारीमा जारी महासमिति बैठकमा खबरहबसँग कुराकानीमा उनले १५ औँ महाधिवेशनमा कांग्रेसले नयाँ मुहार फेर्ने समेत बताए ।

content left

उनले भने, ‘हामी यो महासमिति बैठक नीति महाधिवेशनबाट कांग्रेस पार्टीलाई नयाँ धारमा लिएर जान्छौँ । सबै साथीहरूबाट आएको सुझाव पनि यसमा समेटिन्छ । अहिले  ग्रुपमा छलफलमा साथीहरूले उठाएका कुरा सम्बोधन हुन्छ ।’

कोइरालाले कांग्रेस विचारको राजनीतिमा स्वतन्त्र भएकाले सबै सदस्यको भावनाको कदर पनि गर्ने बताए । कांग्रेसले तल्लो तहका जनताको कुरा बुझ्दा बुझ्दै पनि केही समस्याका कारण सम्बोधन नभएको दाबी गरे ।

७ गतबाट ललितपुरको गोलाबारीमा जारी महासमिति बैठक १० गते बुधवार सकिने भनिएको भए पनि ११ गतेसम्म लाग्न सक्ने बताइएको छ । सोमबार र मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् ।

बुधवार ४ वटा ग्रुपमा प्रस्तुत भएका प्रतिवेदनको डिस्कसन चलिरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily