Aadarsh-Daily

वीरगञ्जमा अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको आयोजना

ad-4p

वीरगञ्ज । अलाईड युथ सोसाइटी वीरगञ्जले अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ । छात्राहरुको लागि आयोजित ब्याडमिन्टन प्रतियोगीतामा वीरगञ्जका ११ वटा विद्यालयका छात्राहरुले सहभागिता जनाएका छन् ।

content ad p2

अलाईड युथ सोसाइटीका प्रमुख सल्लाहकार देवेश गुप्ताको अध्यक्षतामा भएको प्रतियोगीताको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, एल.एस न्यूरो अस्पतालका प्रबन्ध निर्देशक श्यामबाबु प्रसाद, हिमानी ट्रष्ट पर्साका संयोजक श्याम शर्मा, अलाईड युथ सोसाइटीका सदस्यहरु सुमन रौनियार, बिकास सिंह, अमित यादव, प्रधुमन सर्राफ, पवन सर्राफ लगायतको उपस्थिती रहेको थियो ।

content left

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहआयोजनामा सशस्त्र प्रहरी बल १३ नम्बर गणको ब्याडमिन्टन कोर्टमा जारी प्रतियोगीतामा आज ४ वटा खेल भएका छन् । नेशनल ईन्फोटेकलाई हराउँदै कादम्बरी स्कुल विजयी भएको छ । सनलाईट माविलाई पराजित गर्दै डिपिएस स्कुल विजयी भएको छ ।

सिद्धार्थ स्कुललाई पराजित गर्दै गौतम स्कुल विजयी भएको छ भने डिएभी स्कुललाई पराजित गर्दै नृसिंह स्कुल विजयी भएको छ । प्रतियोगीतामा महेश सिंह धामीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । अब बाँकी खेल भोली हुनेछन् भने शनिवार फाइनल खेल हुनेछ ।

प्रतियोगीताको उद्घाटन कार्यक्रमको सहजीकरण अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाले गरेका थिए ।

सम्बन्धित खबर

बरहवा तालमा डुबेर गौरका अजय केशरीको ज्यान गयो

Aadarsh Daily

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily