
आज बहुदरमाई नगरपालिकाको वडा नं. ७ र ९ मा गुडिया बनाउने तालिम शुभारम्भ गरिएको छ।
सिकल्स फर अल प्रा.लिको आयोजनामा महिलाहरुलाई उद्यमी बनाउनको लागि एक महिने गुडिया बनाउने सम्बन्धी तालिमको आयोजना गरेको हो।

सिकल्स फर अल प्रा.लिका अध्यक्ष अभय कुमार पटेलको अध्यक्षतामा तालिमको एक समारोह बीच बहुदरमाई नगरपालिकाको उप प्रमुख सुषमा कुशवाहाले पानसमा बत्ती बालेर उदघाटन गरेका छिन ।
उप नगर प्रमुख कुशवाहाले हरेक मानिस भित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजगारको अवस्था सिर्जना हुने बताउनुभयोको छ । उहाँले हातमा सिप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसै को भर नपर्ने भन्दै तालिम मा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरु लाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
तालिम उदघाटन समारोहमा वार्ड नं. ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, राम सकल प्रसाद कुशवाहा, हरिनारायण गुप्ता, सत्यदेव महतो, सुरज कलवार, प्रमोद यादव, सोतिलाल प्रसाद कलवार, राम छत्री कोइरी लगायतका ब्यक्तिहरुको सहभागीता रहेको थियो । गुडिया बनाउने तालिममा २५ जनाको सहभागीता रहेको छ।

