Aadarsh-Daily

आजको राशिफल

ad-4p

मेष

content ad p2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रविधि मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघाले दुख दिन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।

कुम्भ

content left

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन लाभ पनि हुनसक्छ, तर स्वास्थ्य प्रति अतिनै सजग रहनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्बन्धित खबर

उच्च अदालतका चार मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily

सिमरामा उच्च शिक्षा सुधारबारे दोस्रो दिनको संवाद सुरु

Aadarsh Daily