Aadarsh-Daily

पर्साकाे गदियानीमा ४ महिलासहित १८ जनाद्वारा रक्तदान

ad-4p

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ गदियानीमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहज सेवा शीप विकास केन्द्र पटेर्वा सुगौलीकाे आयाेजनामा भएकाे कार्यक्रममा ४ महिलासहित १८ जनाले रक्तदान गरेका हुन् ।

content ad p2
content left

गदियानीस्थित मदर्षा प्राङ्गणमा भएकाे कार्यक्रममा श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास,अफताव आलम गदी, सन्जित साह कानु, राम कुमार चौधरी, अनिल राउत थारु, सन्तोषी कुमारी राम, नन्दकिशोर चौधरी, कान्ति चाैधरी लगायतले रक्तदान गरेकाे संस्थाकी कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले जानकारी दिइन ।

वडाध्यक्ष फरमान मियाँ अन्सारीकाे अध्यक्षतामा भएको रगतदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी, प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर, वडा सदस्य हैदर अलि अन्सारी, कार्यक्रम संयोजक मुना तिवारी, नारायण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रगतको अभाव भए सङै रगतदान जीवन दान, रगतदान महादान सेवा नै धर्म हो भनी मुल नाराको साथ पटेर्वा सुगौली गाउँपालिकाको सहयो र वडा नं.१ कार्यालयको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएकाे आयाेजक संस्थाका संयोजक मुमा तिवारीले बताए । कार्यक्रममा रक्त संन्चार केन्द्र पर्साका प्राविधिक जितेन्द्र कुसवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक सहयोग गरेका थिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily